सुधिर र बिना ‘माया लाउनै जानिनँ’ भन्दै रोमान्टिक बने (भिडियो)



काठमाडौँ। गायक रविन बर्तौला र गायिका विन्दु परियारको स्वरमा रहेको गीत ‘माया लाउनै जानिनँ’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । पेशाले इञ्जिनियर समेत रहेका गायक बर्तौलाकै शब्द र संगीत रहेको गीत रोमान्टिक शैलीमा तयार पारिएको छ ।

प्रेम र रोमान्स गर्ने उमेरका युवायुवतीले थाहै नपाई हेराहेरमा लगाइने माया प्रेम र रोमान्सको कथालाई देखाइएको भिडियोमा सुधीर श्रेष्ठ र बिना राउत फिचर्ड छन् ।

रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा बाबु श्रेष्ठको छायांकन, अच्युत बजगाईको सम्पादन छ । भिडियो हाइलाइट्स नेपालको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.