‘चुरीफुरी’को डान्सिङ्ग नम्बर सार्वजनिक



काठमाडौँ। ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘चुरीफुरी’को गीत सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो। ‘ओइ ओइ पियारी’ बोलको डान्सिङ नम्बरको गीतमा बेनिशा पौडेल र समिर आचार्यले स्वर दिएका छन् । निर्देशक आचार्य र दीपक शर्माले मिलेर लेखेको गीतमा दीपक स्वयंले संगीत भरेका छन् ।

गीतको भिडियोमा चलचित्रका कलाकारहरु अभिषेक श्रेष्ठ, पूजा पन्त, शिशिर भण्डारी, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, पवन खतिवडा, सुनिता श्रेष्ठ, सोना बज्रचार्य, लक्ष्मी ढकाल, रविन्द्र झा, सुरवीर पण्डित लगायतले नृत्य गरेका छन् । अनमोल केसीको डुब्लिकेटको रुपमा चर्चित अभिषेकले यही चलचित्रबाट नायकको रुपमा डेब्यू गर्न लागेका हुन् । पूजाको पनि यो पहिलो चलचित्र हो ।

राहुले राइको छायांकन रहेको चलचित्रमा नविन निरौलाको सम्पादन छ । निर्देशक आचार्य र रिना ढकाल निर्माता रहेको चलचित्रमा विमला भुसाल, राजेन्द्र खाती, शिव थापा सह–निर्माताको रुपमा छन् । सोसल कमेडी जनरामा निर्माण भएको ‘चुरिफुरी’ को कथा, पटकथा र संवाद निर्देशक आचार्य स्वयंले तयार पारेका हुन् ।

चलचित्रमा रबिन्द्र झा,शिशिर भन्डारी ,राजिब जङ बस्नेत ,अभिषेक श्रेष्ठ ,पुजा पन्त,सोना बज्राचार्य ,दिपक आचार्य (काकु) ,सुबोध गौतम (एदुमे) ,पबन खतिवडा (म्याकुरी) ,सुरबिर पन्डित,राजेन्द्र खाती,सुनिता श्रेष्ठ ,लक्ष्मी ढकाल (जोया) ,सरिस्मा मगर,अस्मिता गौतम आदि कलाकारहरुले अभिनय गरेका छन। चलचित्र पुस ९ गते बाट सार्वजनिक प्रदर्शनमा आउनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.