सञ्चारकर्मी निर्देशक आचार्यको निर्देशनमा खुसीको गीत



काठमाडौं। सञ्चारकर्मी कुमार आचार्य लामो समयदेखि निर्देशनको क्षेत्रमा पनि सक्रिय छन् । विगतमा थुप्रै वटा म्युजिक भिडियो तथा टेलिश्रृंखला निर्देशन गरिसकेका सञ्चारकर्मी आचार्यको निर्देशनमा बनेको नयाँ गीतको म्युजिक भिडियो आईतबार सार्वजनिक भएको छ ।

टेलिभिजन कार्यक्रम प्रस्तोता तथा निर्माता समेत रहेका कुमार आचार्यले यसपटक गायक यम बरालको स्वरको ‘खुशीको गीत…’ शीर्षकको म्युजिक भिडियो निर्देशन गरेका छन् । वीरेन्द्रकुमार बलामीको शब्द तथा राजकुमार बगरको संगीतमा तयार भएको उक्त गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ ।

उक्त भिडियो बुढासुब्बा डिजिटलको युट्युबमार्फत रिलिज भएको हो । सार्वजनिक भिडियोमा रमेश क्षेत्री, अनामिका कार्की र रितिष्का क्षेत्रीले अभिनय गरेका छन् ।

भिडियोमा विनयराज पौडेलको मुख्य सहायक निर्देशन, सुरजसिंह भण्डारीको ड्रोन, अमृत पाण्डेको क्यामरा, रामेश्वर हुमागाईंको डीओपी र विशाल बिसीको सम्पादन छ ।