हाँस्य टेली शृंखला ‘कस्तो रमाईलो’



काठमाडौँ। हाँस्य टेली शृंखला ‘कस्तो रमाईलो’ को प्रशारण आरम्भ भएको छ। नभराज दुरा बैद्यको निर्देशनमा बनेको हाँस्य शृंखला लाइफ ओके टेलिभिजन र यु ट्युब च्यानल डिएनएस मिडिया मार्फत प्रशारण सुरु भएको हो। शृंखला प्रशारणको केहि दिन अघि राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिरियलको बारेमा जानकारी गराईयो। सिरियलमा कलाकारहरु लय संग्रौला,राज कुमार शाह,रश्मी भट्ट,नभराज दुरा बैद्य,सुमित्रा अधिकारी, बद्री पुडासैनी,प्रदीप पाठक,संगम भण्डारी,रोमा बिस्ट,कमला लामिछाने , सुस्मिता घलान तामांङ , रोजी लकांद्री,नेहा नेपाली,सम्झना धामी,सुशिला तामाङ,सिम्रन कार्की ,राजु राज पुरी,हरि शरण गिरि,पुजा शर्मा ,जगत लामा ,नरेश लामा,अपरा राई ,मेनुका पाठक ,नारायण खाती,सुमित्रा लामा,एनिषा दर्नाल,मोहन राज के.सी ,सत्य देवी थापा ,रोजी बर्देवा र सुनिता केसीको अभिनय रहेको छ।

प्रवेश राईले छायांकन गरेको सिरियलको सम्पादन बिजय राज भुर्तेलले गरेका छन्। सिम्रन दुरा बैद्यले निर्माण गरेको सिरियल पूर्ण हाँस्य प्रदान बनेको छ। साप्ताहिक रुपमा प्रशारण हुने सिरियलमा सम सामयिक कथा बस्तु समेटिने निर्देशक बैद्यले बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.