‘सिमाना पारी’ मा रबि र आकाशको मित्रता (भिडियो)



काठमाडौँ। राजेश घतानीको शब्द,सुरेश राईको संगीत तथा भ्वाइस अफ नेपालका प्रतिस्पर्धी रबी गहतराजको स्वरमा रहेको ‘सिमाना पारी’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा आइतवार एक कार्यक्रमको आयोजना गरेर भिडियो सार्वजनिक गरिएको हो। भिडियो सार्वजनिक कार्यक्रममा सिक्किमका स्वास्थ्य मन्त्री डा.एम के शर्माको उपस्थिति रहेको थियो।

मिलन चाम्सको निर्देशनमा बनेको भिडियो आज सोमवार सिक्किममा पनि बिसेष कार्यक्रम गरेर सार्वजनिक गरिएको हो। दुई जना सैनिक साथीको कथा बोल्ने भिडियोमा आकाश श्रेष्ठ,रबि गहतराज,चाँदनी प्रधान,प्रेम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ। सुदिप बरालको डिओपी रहेको भिडियोको छायाँकार रबिन्द्र न्यौपाने हुन्। अर्जुन जिसीले सम्पादन गरेको भिडियोमा अनन्त घिमिरेले कलर संयोजन गरेका छन्। गीतको भिडियो सिक्किममा छायाँकन गरिएको छ। भिडियोले सिक्किम र नेपालको सम्बन्धको कथा उठाएको छ। थुप्रै ठुलो पर्दाका चलचित्र निर्देशन गरि सकेका चाम्सले गीतको भिडियो उत्कृस्ट बनाएका छन्। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.