‘पिउन सुरु गरेपछि’ लियर आए शिव (भिडियो)



काठमाडौँ। ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ को सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने शृंखलाको फेरी अर्को गित ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। इम्प्रेसन्स इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा नृत्य निर्देशक कविराज गहतराज र छायाँकन हरि हुमागाईको छ ।

भिडियोमा पुष्प खड्काका साथमा टिकटक स्टार्स , अन्जली लुइंटेल र आलिया अधिकारीको धमाकेदार प्रस्तुति रहेको छ । बिक्रम आदित्यले निर्देशन गरेको भिडियो मिडिया हबको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ। राजु ढुंगेल निर्माता रहेको भिडियोको सम्पादन अर्जुन जिसीले गरेका छन्।