‘डाँडाको वरपीपल’ को गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक



काठमाडौँ। चलचित्र ‘डाँडाको वरपीपल’ को तेस्रो गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक गरिएको छ । रिलिज मिति नजिकिँदै गर्दा चलचित्रको प्रचार प्रसार अघि बढाउदै निर्माण युनिटले गीत सार्वजनिक गरेको हो । शोभित बस्नेत निर्देशित २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको गीतमा सुगम पोखरेल र गायिका जिना रसाइलीको स्वर रहेको छ ।

नवराज गिरीको शब्द, एलिस कार्कीको संगीत रहेको गीतमा सलोन बस्नेत र रुबिना थापाको अभिनय देख्न सकिन्छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । चलचित्रमा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

नवराज गिरीको लगानी रहेको चलचित्रमा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायाँंकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.