देशभरका चलचित्र हलहरु खुले



काठमाडौं । कोरोना महामारीले बन्द रहेका मुलुकभरका चलचित्र हलहरु आजदेखि खुलेका छन् । काठमाडौं, पोखरासहितका ठूला सहरका मल्टिप्लेक्सले मध्यान्ह १२ बजेदेखि शो सुरु गरेका छन् ।

मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले दिउँसो १२ बजेदेखि आफ्ना देशभरका आउटलेटमा हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस’को नवौं श्रृंखला र नोबडी प्रदर्शन गरेको छ ।

कोरोना रोकथामका लागि बैशाख दोस्रो सातादेखि लागू गरिएको निषेधाज्ञाले चलचित्र हलहरु बन्द थिए । कोरोना संक्रमण घटेपछि जिल्ला प्रशासन कार्यालयले ५० प्रतिशत अकुपेन्सीमा चलचित्र हलहरु खुलाउन अनुमति दिएको हो ।

२६ गते नेपाली फिल्म ‘डाँडाको बरपीपल’,धन्दागिरी र २८ गते जेम्स बन्ड फिल्म नो टाइम टु डाइ रिलिज हुँदैछन् । संक्रमण रोक्न कोभिड प्रोटोकल पालना गर्दै हल खुलाइने चलचित्र संघले जनाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.