घमेश दुलालको चाडपर्व विशेष गीत ‘परदेशी भूमीमा’ सार्वजनिक



काठमाडौँ। बिगत ३ दशक भन्दा बढी नेपाली गीत संगितमा निरन्तर आफ्नो अमुल्य समय ब्यतित गरेका गायक संगीतकार घमेश दुलाल दर्शक श्रोताको मन मुटु अनि जनजिब्रोमा झुन्डिने गीत नेपाली सृजना गर्ने अब्बल अग्रज सर्जक हुन ।

चाडपर्व विशेष गीत संगीत सृजना गर्ने क्रमलाई निरन्तरता दिंदै हिन्दुहरुको महान पर्व बडादशैलाई लक्षित गर्दै यो बर्ष घमेश दुलाललाई ‘परदेशी भुमी’ बोलको गीत मार्फत हेर्न र सुन्न पाइने भएको छ। डी ए आर मुभिजको अफिसियल युटुव च्यानल DAR Digital बाट बजारमा आएको यो गीतमा स्वयं घमेश दुलाल,काब्या आचार्य र प्रभावन जेको आवाज सुन्न पाइनेछ भने प्रभावन जेको संगीत रहेको छ।

एक्सन स्टुडियो अनामनगरमा कर्ण संज्यालले रेकर्ड गरेको गीतमा निर्देशक साजन पराजुलीले सरोज दाहाल,रमा थपलिया, अनु पराजुलि,इश्वर तिमल्सिना ,जीवन कुमार खतिवडा ,निरुता आचार्यलाई अभिनय गराएका छन् । सार्वजनिक गीत ‘परदेशी भुमी’ को शब्द लेखन निर्देशक साजन पराजुली स्वयमले गरेका छ्न। चाडवाडको समयमा आफ्नो परीवारसंग बिछोडिनु पर्दाको पिडा मार्मिक तवरले बोल्ने गीतको भिडियोलाई राजेन्द्र भण्डारीले क्यामेरामा कैद गरेका छन भने कृष्ण गौतमले भिडियोलाई सम्पादन र कलरिङ गरेका छ्न।

Copyright © 2012 - 2026 | All Right Reserved.