धन कीरण गुरुङ र दिपाको किन हो किन’ युकेबाट सार्वजनिक (भिडियो)



काठमाडौँ। धन कीरण गुरुङ र दिपा लामा राइको स्वरमा रहेको नयाँ गीत लण्डनमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। बेलायतको डि जि प्रोडक्सनले निर्माण गरेको ‘किन हो किन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो।

गायक संगीतकार आशिक गुरुङले आफ्नै पिता धन किरण गुरुङको स्वर,संगीत र रचनामा बनेको गीतमा पहिलो पटक अभिनय गरेका छन्। भिडियोमा सुबृना लिम्बु र आशिकको जोडी फिचर्ड छन् ।

भिडियोको निर्माता अल्का गुरुङ हुन् । सुरथ प्रधानको एरेन्ज रहेको गीतको भिडियोलाई प्रभु गुरुङले निर्देशन तथा कोरियोग्राफी गरेका छन्। सुमन श्रेष्ठले छायाँकन तथा सम्पादन गरेको भिडियोको कलर संयोजन नबिन निरौलाले गरेका छन्।