खेम रिजालले ल्याए नयाँ गीत ‘तिमीसित’



काठमाडौँ । दुई दशक बढी समयदेखि गीत संगीतमा क्रियासिल गीतकार तथा संगीतकार खेम रिजालको नयाँ गीत ‘तिमिसित’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गायक निशान भट्टराई र गायिका टीका प्रसाईको युगल स्वर रहेको गीतमा खेम रिजालले नै संगीत भरेका छन् । गीतको भिडियोमा चर्चित मोडेल बिना राउतका साथ खेम रिजालले रोमान्स गरेका छन् । यस अगाडि सन् २०१३ मा पनि खेमले रीमा विश्वकर्मसँग एक भिडियो अभिनय गरेका थिए ।

भिडियो सुवोल थापाले निर्देशन गरेका हुन् । नगरकोटका बिभिन्न स्थलमा छायाँकन भएको गीत रिजालको चौथो एल्बमा ‘मन्जुर छ’ मा समावेस छ । बिगत १४ वर्षदेखी अमेरिका बस्दै आएका रिजाल त्यही रहेको संगीत संस्था ‘बामा’का वर्तमान अध्यक्ष पनि हुन । पहिले देखिनै धेरै संघ सस्थाको बिभिन्न पदमा रहेर निःस्वर्थ समाजसेवामा सक्रिय उनको साहित्य फाटमा पनि त्यतिकै योगदान रहेको छ । एक महिना नेपाल र भारत बसाईपछि हालै अमेरिका फर्किएका रिजाल साहित्य, गीतसंगीत र समाजसेवा आफ्ना लागि रुचिको बिषय भएको बताउँछन् । उनी भन्छन् ‘यो चिज छोड्न सक्दिन ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.