नम्रता र रोशनको ‘चुपचाप’ प्रेम (भिडियो)



काठमाडौँ। मोडल नम्रता सापकोटा र गायक तथा मोडल रोशन अधिकारीको प्रेमले भरिएको गीत ‘चुपचाप’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको यो गीतको भिडियो एक कार्यक्रमको आयोजना गर्दै आज सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो गीतका गीतकार एवं संगीतकार अर्जुन पोखरेल, निर्देशक विधान कार्की र मोडल नम्रता सापकोटाले गीतको भिडियो सार्वजनिक गरे ।

नेपसिनेले द डिभाइन म्युजिक सँगको सहकार्यमा तयार पारेको यो गीतमा रोशन अधिकारी र अस्मिता अधिकारीको स्वर छ । गीतमा अर्जुन पोखरेलले शब्द तथा संगीत भरेका छन् ।

निर्देशक विधान कार्कीले भिडियोलाई रोमान्टिक शैलीमा तयार पारेका छन् । भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ । भिडियोका एसोसियट निर्देशक माधव शर्मा हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.