एउटै भिडियोमा पल र आकाशसंग सरोज खनाल (भिडियो)



काठमाडौँ। गजलकार सुरेश वाग्लेको गजल’जति बिर्स्यौ तिम्रो याद’ सार्वजनिक गरिएको छ । उनले गजल लेखन यात्राआरम्भ गरेको गजललाई नयाँ पन दिदै समयानुसार तयार गरेर सार्वजनिक गरेका हुन्। उनले यसलाई विद्यार्थी जीवनमै कोरेको गजललाई विक्रम संवत २०५९ सालमा रेडियो नेपालमा रेकर्ड गराएकाथिए । यसमा स्वर र संगीतशिव परियारको रहेको छ ।

सार्वजनिक गीतको भिडियोमाअभिनेता सरोज खनाल, पलशाह, आकाशश्रेष्ठ र मोडल तथा कलाकार प्रमिला कार्कीको अभिनय रहेको छ भने गीतको भिडियो निर्देशक निकेश खड्काले तयार पारेका हुन्। निर्देशक खड्काले गायक परियार, गीतकार वाग्ले र सिंगो नेपालीगजलक्षेत्रसँग जाडिएको र पृथकइतिहाँस बोकेको गीतलाई नयाँ ढंगबाट एउटा मिठो प्रेम कहानीका रूपमा भिडियोमा प्रस्तुतगरिएको बताए । नेपाली वेबसाइटको ’अफिसियल यूट्यूव’बाट सार्वजनिकगीतको भिडियोमा बुद्ध लामाको छायांकन देख्न सकिन्छ।