रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने’ को टिजर सार्वजनिक



काठमाडौँ। विद्रोही दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने : विद्रोहको नेपाली नाम’ को टिजर सार्वजनिक गरिएको छ । निर्माण युनिटले बुधबार ओएसआर डिजिटल मार्फत् टिजर सार्वजनिक गर्दै २०२२ को मध्य सम्ममा चलचित्र रिलिज गर्ने गरी काम अगाडी बढिरहेको जनाएको छ ।

चलचित्र रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटेर निमार्ण गरिएको हो । ‘रुदाने’ अमित किशोर सुवेदी र विकास ढकालले संयुक्त अनुसन्धान, लेखन तथा निर्देशन गरेका हुन् । दावानल क्रियसनले निर्माण गरेको चलचित्रका प्रमुख कार्यकारी निर्माता जागृत रायमाझी हुन् भने सह–निर्माता भानुभक्त थापा र सहायक निर्माताहरूमा पदम केशर कटुवाल र सहदेव प्रसाद सापकोटा रहेका छन् । चलचित्रमा मुख्य चरित्र रुपचन्द्र विष्टको भूमिकामा दिव्य देबले अभिनय गरेका छन् ।

चलचित्रमा नम्रता श्रेष्ठ, रवि गिरि, सुभाष गजुरेल, अम्बर सुवेदी, सरोज अर्याल , आलोक थामी , नमिता तामाङ्ग, परीक्षित विक्रम राणा, विभोर पोखरेल, सविना गोपाली, प्रकाश दाहाल , आइ. पि आचार्यलगायतका कलाकारहरुको अभिनय रहेको छ ।