नलिना चित्रकारको डान्सिङ नम्बर ‘असन बजारमा’ (भिडियो)



काठमाडौं । गायिका नलिना चित्रकारको ‘असन बजारमा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । डान्सिङ नम्बरको उक्त गीतको मेल भ्वाईसमा चित्रकारलाई बेद बस्नेतले साथ दिएका छन् । डि.पी खनालको शब्द रहेको यस गीतमा संगीत राजनराज शिवाकोटीको सुन्न सकिन्छ । गीतको भिडियो अमेरिका र नेपालमा छायांकन गरिएको छ । भिडियोका निर्देशक सुब्रतराज आचार्यले भर्चुअल माध्यमबाट अमेरिकाको छायांकनकोसमेत निर्देशन गरेका छन् ।

गीतको भिडियोमा अशिष्मा नकर्मी, उषा उप्रेती, नारायन प्रधान र कमल साउदलाई फिचर्ड गरिएको छ । भिडियोमा प्रमोद भण्डारी र आइसा ओझाले नृत्य निर्देशन गरेका छन् भने रामेश्वर कार्की र उत्सव दाहालले खिचेको भिडयोलाई विकाश दाहालले सम्पादन गरेका छन् । निर्देशनको क्रिएटिभ पाटो जया शर्माले सम्हालेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.