र्यापर बिजेन ‘मरे पछि’ ….



काठमाडौं । र्यापर बिजेन नेपाली हिपहप संगीतमा नयाँ नाम होइन । यिनै बिजेन अहिले नयाँ गीत ‘मरे पछि’ लिएर दर्शक श्रोता माझ आएका छन् ।

‘हस त नमस्ते’, ‘लोकल सोकल’, ‘गाउँकी नानी’, ‘लिम्बु हो कि नेवार’ जस्ता गीतका गायक बिजेनले डेब्यू एलबम ‘बिजेन’मा रहेको गीत ‘मरे पछि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

‘दोस्रो लकडाउन पछि म रमाउन सकेको थिइनँ । त्यसकारण त्यो समयमा केही काम गर्नुपर्छ भनेर मैले बिहान ४ बजेर ३० मिनेटमा जाँदा यो गीत ‘मरे पछि’ लेखें’, उनले भनेका छन् ।

बिजेनका अनुसार गीतले व्यक्ति र उसको वरपर रहेको सम्बन्धको बारेमा बोलेको छ । जीवनमा स्थायी केही नभएका कारण मानिसले अनुशासनमा रहेर खुशी जीवन बिताउन सक्नुपर्छ भन्ने सन्देश गीतले दिएको छ ।

पीभीइ नेटवर्कले व्यवस्थापन गरिरहेको बिजेनको यो एल्बम सन् २०२१ भित्रै रिलिज गर्ने तयारी गरिएको छ । उनी एल्बम प्रवर्धनका लागि नेपाल टुरमा निस्कँदैछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.