निर्माता संघका अध्यक्षको चलचित्र संगै अन्य २ चलचित्र भिड्ने


producer poster
(सेलिब्रेटी नेपाल) ८ जेष्ठ-निर्माता संघका अध्यक्ष राजकुमार राईले निर्माण गरेको चलचित्र ‘प्रोड्युसर’संग फ्लोरबाटै रिलिज घोषणा गरिएको जेठ २४ बाट पछि हटेको चलचित्र ‘होस्टेल’ र विभिन्न अप्ठ्याराले पछि सर्दै आएको दब्दबा भिड्ने भएका छन्। भदौ १४ गते (अगस्ट ३०) बाट अल नेपाल रिलिजमा आउने जानकारी तिन वटै चलचित्र निर्माण युनिटले सार्बजनिक गरेका छन्।निर्माता संघले हप्तामा दुइ भन्दा बढी चलचित्र रिलिज नगर्ने कार्य नीति बनाउने तयारी गरि रहेका बेला निर्माता संघका अध्यक्ष कै चलचित्र सँग ३ चलचित्र भिड्न लागेका छन्।
 पहिलो चरणमा यु के, दुवै, अस्ट्रेलिया, अमेरिका लगायत अन्य मुलुकमा प्रदर्शन पश्चात नेपालमा  भदौ १४ गते सार्बजनिक प्रदर्शनमा आउने कुरा निर्माता ज्योति राज राई र निर्देशक जनक दिप पराजुलीले सेलिब्रेटी नेपाल लाई जानकारी गराए। ब्ल्याक कमेडी शैलीमा निर्मित “प्रोड्युसर” विल्सन बिक्रम राईको अभिनयका कारण पनि बढी चर्चामा रहेको छ भने संचार कर्मी जनक दिप पराजुलीको निर्देशनमा समेत केहि अपेक्षा दर्शकहरुले गरेका छन्। चलचित्रलाई द मिडियाज कलेक्सन र आर सी पिक्चर्सको संयुक्त ब्यनरले निर्माण गरेको हो। कार्यकारी निर्माता रुपमा केशब अधिकारी रहेका छन्। चलचित्रमा बाबु बोगटी, श्याम अर्याल, स्वेता भट्टराई, विल्सन बिक्रम राई को मुख्य भूमिका रहेको छ।
Dabdaba-poster
 एम.बि.बि.एस पढ्न ‘होस्टेल’ बस्ने विद्यार्थीहरुको  कथालाई मुख्य बिषय बनाइएको ‘होस्टेल’ मा नायक भुवन के.सीका छोरा अनमोल के.सी, कलाकार टिका पहारीका छोरा गौरव पहारी र निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेत मुख्य रोलमा प्रस्तुत भएका छन् । साथमा निर्माता सुनिल रावलको पनि प्रमुख भुमिका रहेको छ । ‘होस्टेल’ लाई नव निर्देशक हेमराज वि.सीले निर्देशन गरेका हुन् ।
एम एस अग्रजले निर्देशन गरेको चलचित्र दब्दबामा कोमल वली,बिशाल पोख्रेल,आरजु अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ।