हाँस्य सिरियल ‘उकुसमुकुस’को प्रशारण सुरु



काठमाडौँ। डिजिटल प्लेटफर्ममा लघु चलचित्र, हाँस्य सिरियल, सर्ट फिल्म लगायतकोे निर्माण ह्वात्तै बढेको छ । युट्युबमा दर्शकको आकर्षण बढेपछि कमेडी सिरियलको निर्माणमा पनि मेकरको ध्यान गएको छ । यसैविच, हाँस्य सिरियल ‘उकुसमुकुस’को प्रशारण सुरु भएको छ । यो सिरियलको पहिलो भाग बुधबार आमा अग्नीकुमार मिडिया नामक युट्युब च्यानलबाट प्रशारण भएकोे छ । अब, हरेक साताको बुधबार बेलुकी यो सिरियलको प्रशारण हुने निर्माता नहकुल भट्टराइले जानकारी दिए ।

दिलिप तामाङ्ग ‘हुरहुर’को निर्देशनमा तयार भएको यो सिरियललाई गोेल्ड फिल्मस्ले प्रस्तुत गरेको हो । केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’को संवाद रहेको सिरियलमा दिलिपको नै कथा छ ।

सिरियलको श्रृङ्खला निर्देशक सितादेवी तिमल्सेना हुन् । राहुल राइले छायांकन गरेको सिरियलको पहिलो भागमा टिकटक एपको क्रेजसँगै यसको राम्रा र नराम्रा दुबै पाटोलाई देखाउन खोजिएको छ ।

सिरियलमा जयनन्द लामा, भुइसाल लामा, दिलिप तामाङ, देवी आले, धनराम मुस्कान, प्रकाश लिम्बु, बेदना राई, नहकुल भट्टराई, दिपक लम्साल, टुल्कु तामाङको साथमा बाल–कलाकार सोहन थापाको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.