मदनकृष्ण र गौरीको ‘सुनको कचौरी’ (भिडियो)



काठमाडौँ। देवीथान म्युजिक प्रालिको प्रस्तुतिमा राजनराज शिवाकोटी र उनको टिमको नयाँ गीत ‘सुनको कचौरी’ एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । उद्योगपति डा. विनोदकुमार चौधरीको प्रमुख आतिथ्यता, बरिष्ठ कलाकार निर शाह र हरिवंश आचार्यको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा विनोद कुमार चौधरीलाई सम्मान गरिएको थियो। कदरपत्र, दुर्गाको प्रतिमाको साथमा उनले नेपाली काल, साहित्य क्षेत्रमा गरेको योगदानका लागी सम्मान गरिएको थियो। त्यस्तै निर शाह, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायतका व्यक्तिलाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको थियो।

मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको आवाजमा रहेको ‘सुनको कचौरी’ बोलको गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत रहेको छ। राजेश पूमा राईले निर्देशन गरेको भिडियोमा मदनकृष्ण श्रेष्ठ र गौरी मल्ल फिचर रहेका छन्। उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्। भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.