सवीन र छुल्ठिमको ‘धन्दागिरी’ ट्रेलर सार्वजनिक (भिडियो)



काठमाडौँ। अभिनेता सबिन श्रेष्ठ अभिनित चलचित्र ‘धन्दागिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ। नरेन्द्र भट्टराइ (एन.बि.अन्जान) को निर्देशनमा बनेको चलचित्र कोरोना महामारी र लक डाउनका कारण रिलिज रोकिएको थियो। अब चलचित्र दशैंको अवसर पारेर असोज २५ गते देश भर प्रदर्शनमा आउने भएको छ। चलचित्रमा सविन संगै छुल्ठिम गुरुङ,दिनेश खड्का,दिनेश डिसी,सुशील पोखरेल,दीपक क्षेत्री,बिएस राणा लगायतका कलाकारको अभिनय रहेको छ।

दिनेश खड्का एसोसियट निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता कुमार प्रसाद ओझा हुन्। कबि भक्त क्षेत्री र फुर्वा दोर्जे तामाङ चलचित्रका निर्माता हुन्। आर आर फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ हुन्।

चलचित्रको डिजिटल राइट्स डिएआर मुभिज एण्ड फिल्म्सले लिएको छ। संगीत तथा म्युजिक भिडियोमा केहि बर्ष देखि निरन्तर कार्य गर्दै आइ रहेको डिएआर मुभिज एण्ड फिल्म्सले अब निरन्तर नेपाली चलचित्रको डिजिटल बजार ब्यबस्थापन गर्ने भएको छ। संचालक समिति सदस्य श्याम धितालका अनुसार डिएआर मुभिजले ‘धन्दागिरी’संगै अन्य पाँच वटा चलचित्रको डिजिटल राइट्स किनी सकेको छ । अब निरन्तर नेपाली चलचित्रको डिजिटल बजार ब्यबस्थापन संगै आफ्नै चलचित्र पनि निर्माण गरिने धितालले बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.