प्रमोदको ‘सुनैको दरवार’मा बिपिन र लुनिभा (भिडियो)



काठमाडौँ। गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सुनैको दरवार’बोलको गीतमा शब्द रचना क्षितिज सापकोटाको र संगीत पुष्कर सुनुवारको रहेको छ। सार्वजनिक गीतको भिडियोमा अभिनेता बिपिन कार्की र लुनिभा तुलाधरले अभिनय गरेका छन्। युवराज वाइबाले निर्देशन गरेको भिडियो उत्कृस्ट बनेको छ। भिडियोमा बिपिन र लुनिभाको काम पनि तारिफ योग्य नै रहेक छ।

निसल पौडेलले छायाँकन गरेको भिडियोको सम्पादन बिकाश दाहालले गरेका छन्। लोमस पौडेलले सहायक निर्देशनको जिम्मेवारी सम्हालेका छन्। भिडियो फोर बि इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.