सन्तोष अभिनित तथा निर्देशित ‘गल्ली यही हो’ को भिडियो सार्वजनिक



काठमाडौं । प्रदर्शनको प्रतिक्षामा रहेको चलचित्र ‘तीन जन्तु’ का निर्माता सन्तोष अधिकारीको निर्देशन तथा अभिनय रहेको नयाँ गीत ‘गल्ली यही हो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

अजय कुमार अधिकारीको शब्द, संगीत र स्वर रहेको गीतलाई फणिन्द्र राईले एरेञ्ज गरेका हुन् । सोमबार आसाप इन्टरटेनमेन्टको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक भिडियोमा निर्देशक अधिकारीलाई मोडल कञ्चन भुजेलले साथ दिएकी छन् । मोडल भुजेलले नै कोरियोग्राफी गरेको गीतमा राम बास्तोलाको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.