बुनु श्रेष्ठको ‘तिमी मेरो हुन सकेनौ’ मा निराजन र करुणा (भिडियो)



काठमाडौँ। गायिका बुनु श्रेष्ठको स्वर रहेको गीत ‘तिमी मेरो हुन सकेनौ’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।गीतकार नरेश प्रधानको शब्द रहेको सार्वजनिक गीतमा दिपक शर्माको संगीत रहेको छ। केहि समयदेखि सामाजिक जनचेतनाका गीतहरु रचना गर्दै आएका गीतकार नरेश प्रधानले यस गीतमार्फत् मायाप्रेमका गीत रचनामा समेत आफू अब्बल रहेको प्रमाणित गर्ने प्रयास गरेका छन् ।रिदम कंडेलको संगीत संयोजन रहेको उक्त गीतमा साउण्ड इन्जिनियर महेश्वरमान राजभण्डारीको ध्वनी मुद्रण रहेको छ।

मनोज राजभण्डारीको निर्देशन रहेको उक्त वियोगान्त प्रेमकथामा आधारित म्युजिक भिडियोमा मोडल निराजन प्रधान र करुणा श्रेष्ठको अभिनय हेर्न सकिन्छ । भिडियोमा दिपेन बस्नेत र सास्वत श्रेष्ठको छायाँकन तथा मेरोन राजभण्डारीको कथा एवं सम्पादन रहेको छ ।

एनएफडिसीको पोष्ट प्रोडक्सन रहेको म्युजिक भिडियोमा किमत गौतमले प्राविधिक निर्देशन, श्रीकृष्ण श्रेष्ठले भिएफएक्स र मित्र डि. गरुङले कलर करेक्सन गरेका हुन् भने भिडियोमा रहेको ड्रोन शटलाई टार्जन लिम्बुले खिचेका हुन् । भिडियोलाई स्टुडियो साउण्ड मिलको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.