सुवेदीको ‘गहना’ मा नरेन र साया (भिडियो)



काठमाडौँ। संचारकर्मी, निर्देशक लक्ष्मण सुवेदीले आफ्नो नयाँ लघु चलचित्र ‘गहना’ युट्युव च्यानल एक्शन कट नेपाल मार्फत सार्वजनीक गरेका छन् । करिब ३२ मिनेट लामो ‘गहना’ मा एक जोडी पतिपत्नीको घरायसी समस्यालाई मुख्य बिषय बनाइएकोछ ।

नजिकीदै गरेको हरितालिका तीजलाई मध्येनजर गरिएको ‘गहना’ मा बेरोजगारी, आर्थिक अभाव र सामाजीक देखासिकीको पाटोलाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको छ । गहना नहुदा माइत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम मोल्न तयार हुन्छ भन्ने कुरा यो चलचित्रमा देखाइएको छ । गहनाले झपक्कै भएर माइत जानुपर्ने, जोरीपारीलाई देखाउनै पर्ने नेपाली समाजमा बिद्यमान सोचले गर्दा कतिसम्म समस्या आउछ भन्ने कुरालाई स्पष्ट रुपमा चलचित्रले प्रस्तुत गरेको छ ।

पहिलो भागमा प्रचुर मात्रामा सस्पेन्स छोडिएको चलचित्र तेश्रो भागसम्म निर्माण हुने जानकारी निर्देशक सुवेदीले दिएका छन् ।
अभिनेता नरेन खड्का, साया भण्डारी र पुरन थापा मुख्य भूमिकामा रहेको चलचित्रको स्क्रिप्ट पनि निर्देशक सुवेदी आफैले लेखेका हुन् । बिमल ढकालले खिचेको चलचित्रको मुख्य सहायक निर्देशक बिनय पौडेल छन् । ललीतसिंह साउदले सम्पादन गरेको चलचित्रमा बिनोद भुजेलको पाश्र्वसंगीत छ ।दिलासा कृएसनको ब्यानरमा श्रीदेवी, दिलासा र सारा सुवेदी निर्माता रहेको ‘गहना’ काठमाडौ आसपासमै खिचिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.