यम बराल र प्रविशा अधिकारीको गीतमा जोर्डन र बेनिशा (भिडियो)



काठमाडौं। गायक यम बराल आफ्नो नयाँ गीतमार्फत दर्शक तथा श्रोतामाझ आएका छन् । गायक बरालद्वारा गायिका प्रविशा अधिकारीसँग युगल गायन गरिएको ‘अझ वर वर आउ’ शीर्षकको रोमान्टिक गीत ओएसआर डिजिटलको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई गायक यम बरालले नै संगीतबद्ध गरेका हुन् भने शब्दहरु उज्वलराज भट्टराईले रचना गरेका हुन् ।

सोनम पाख्रिनद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री बेनिषा हमाल तथा मोडल जोडर्न राजभण्डारीले अभिनय गरेका छन् । नगरकोटको आकर्षक लोकेशनमा छायांकन गरिएको यो भिडियोमा अभिनेत्री हमाल र मोडेल राजभण्डारीको जोडी आकर्षक देखिएको छ ।

सुरेन्द्र बसेलद्वारा कोरियोग्राफी गरिएको भिडियोलाई बुद्ध थापा तथा उनको टिमले छायांकन गरेको हो । विकास दाहाल यसका सम्पादक हुन् । भूमिका देवान राईले यो भिडियो निर्माण गरेकी हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.