दुइ हप्तामा १२ चलचित्र अनि कसरि निर्माताको लगानी उठ्ने


sonali_joshi_desi
(सेलिब्रेटी नेपाल)६ जेस्ठ-नेपाल चलचित्र निर्मातासंघमा अबदेखि एक साथ दुईवटा भन्दा धेरे चलचित्र प्रदर्शन गर्न नपाउने विषयमा निर्माताहरुबीच बहस भईरहँदा यता उनै निर्माताहरु एक साथ चार चलचित्रहरु भिडाउनमा नै मस्त छन् । गत साता जस्तै यो सातापनि चार चलचित्रहरु खग्रास, अन्तराल, युज, मायाँ दिउ झैं भो, एक साथ भिडेका छन् । गत साता साँघुरो,ब्ल्याक नाईट,रिंगरोड,पहिलो माया हो मेरो प्रदर्शनमा आएका थिय। चार वटै चलचित्रले आफ्नो लगानी सुरक्षित गर्न सकेका छैनन। यो हप्ता प्रदर्शनमा आएका सबै जसो चलचित्रको पनि अवस्था राम्रो छैन। हिरारत्न हलका सञ्चालक मनोज के.सी.का अनुसार उनको हलमा चलचित्र युजको लागि एक जना मान्छेपनि टिकट काट्न नआएकाले उनले दुबै हलमा माया दिउ झै भो चलाएको बताए ।

अन्तराललाई चलचित्र समिक्षक हरुले राम्रो भने पनि चलचित्रलाई आउने बिहिबार सम्म हलमा टिक्न गाह्रो हुने चलचित्रवृत्तमा अनुमान गर्न थालिएको छ । माओवादी जनयुद्धताकाको कथालाई मुख्य विषय बनाएको चलचित्र खग्रास लाई पनि दर्शकको साथ मिल्न सकेन।

गत हप्ता र यो हप्ता गरि बलिवुड र हलिवुडका २-२ चलचित्र गरि ४ चलचित्र नेपालमा रिलिज भए। दुइ हप्तामा नेपाली र बिदेशी गरि जम्मा १२ चलचित्र रिलिज भए। नेपाली दर्शकहरुले १२ चलचित्र हेर्न समय र पैसा कसरि मिलाउने र निर्माताको लगानी सुरक्षित हुने?सरोकार वाला सबैले बेलैमा ध्यान पुर्याउनु जरुरि छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.