‘डाँडाको वरपीपल’ मा सलोन र रुबिना



काठमाडौं । निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय चलचित्र ‘डाँडाको वरपीपल’ को गीत ‘झुसेली जुँगा ओठ माथि’को तस्वीर चलचित्र युनिटले सार्वजनिक गरेको छ । चित्लाङमा छायाँकन भइरहेको गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री रुबिना थापा फिचर्ड छन् । सलोनलाई निकै फरक गेटअपमा प्रस्तुत गरिएको छ । उनले जुँगा हालेका छन् । दसैंमा ओटीटी र थिएटरमा एकसाथ रिलिज हुने चलचित्रको गत भदौ ७ बाट छायाँकन सुरु भएको थियो । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरिरहेका छन् ।

६० दिनको छायांकन सेड्युल रहेको चलचित्र काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा खिचिनेछ । चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अप्सना थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ ।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण भई रहेको चलचित्रमा नवराज गिरीको लगानी रहेको छ । रामकाजी घिमिरेको लेखन रहेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया र एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी, नवराज, गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.