‘हो यहि माया हो’ आगामी शुक्रबारबाट (भिडियो सहित)


ho yahi maya ho poster
(सेलिब्रेटी नेपाल) ६ जेस्ठ-सुवास इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण गरिएको चलचित्र ‘हो यहि माया हो’ आगामी शुक्रबारबाट अलनेपाल रिलिज हुने भएको छ। चलचित्रबारे जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक दीपक श्रेष्ठले चलचित्रमा माया प्रेम र सामाजिक द्वन्द्वलाई समेटिएको जानकारी दिए।

सुवास गिरी निर्माता रहेको चलचित्रमा राजेश हमाल, करिश्मा मानन्धर, राज तिमिल्सिना, जिया केसी, श्याम राई, हिमाल केसी, हिउँवाला गौतमको अभिनय रहेको छ। चलचित्रमा बसन्त श्रेष्ठ र कविराजको नृत्य, हिमाल केसीको द्वन्द्व, सुरेश अधिकारीको संगीत, राजेशपायल राई, अञ्जु पन्त, आस्था रावत र एड्रिन प्रधानको स्वर रहेको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला>>>>>>>>>>>>>>>>>>>>>>>>>>

Copyright © 2012 - 2026 | All Right Reserved.