शान्तिप्रियको तीज गीत ‘फूलैफूल्यो तिउरी'(भिडियो)



काठमाडौँ। गीत लेखनमा सक्रिय गीतकार एवं संचारकर्मी शान्तिप्रियले यस पटक पनि मौलीक तीज गीत ‘फूलै फूल्यो तिउरी’ लिएर आएका छन् । विगत केही वर्ष देखी नियमित रुपमा तीज गीत लेखिरहेका शान्तिप्रियले तीजैको मुखमाआएर गीत सार्वजनिक गरेका हुन् । शान्तिप्रियको शब्दमा चित्रकार तथा संगीतकार गायक ज्योती प्रकाशले संगीत गरेको यस गीतमा राजेन्द्र बजगाईले एरेञ्ज गरेका छन् । गीतलाई गायीका दुर्गा परियारले आवाजप्रदान गरेकी छिन् ।

गीतमा अभिनेत्री एवं मोडल अनामीका चौलागाई र नव मोडल झरना परियार फिचरिङ छन् । भिडियो छायांकन गोविन्द अञ्जानले गरेका छन् । भिडियोकोे कलर कलेक्शन मिलन गुरुङले गरेका हुन् भने नृत्य निर्देशन तथा संपादन राजिव बलामीले गरेका छन् । भिडियोको निर्देशन भने शान्तीप्रियको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.