दयाहाङ नेपाल युरोपियन फिल्म फेस्टिभल (नियुफु) को ब्रान्ड एम्बेस्डर



काठमाडौँ। अभिनेता दयाहाङ राई नेपाल युरोपियन फिल्म फेस्टिभल (नियुफ) को ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपाल स्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो । ‘लोकप्रिय कलाकार अभिनेता दयाहाङ राई नेपाल–इयु चलचित्रमहोत्सव (नियुफ्) का लागि (ब्राण्ड) एम्बेस्डर अथवादूतहुनु भएको सूचित गर्न पाउदाँहामीगर्वित छौं । वहाँले चलचित्र महोत्वस अवधिभर नै हाम्रा विभिन्न संस्कृतिहरु बीचको (सजीव) सम्वाद तथा विश्वका लागि हाम्रो परिकल्पना हरुलाई पूर्णरुपमा साकार तुल्याउनका लागि हामी सँग मिलेर काम गर्नु हुनेछ । यस चलचित्रले युरोपेली र नेपालीचलचित्रहरु तथापर्यावरणीय चुनौतीतथाजलवायु परिवर्तनसँग सम्बन्धित यस क्षेत्रका चलचित्रहरुलाई तपाईंहरू सामुल्याउने छ,’डेलिगेसनले जनाएको छ ।

यसैगरी डेलिगेसनलेयुरोपियनयुनियनको साइटमा लग इन गरेर चलचित्रमार्फत युरोप र नेपालको सांस्कृतिकमिलनलाई हेर्न तथात्यसको आनन्दलिन सकिने पनिजनाएको छ । ‘फेस्टिभलको साइटमा लग इन गरे पछि सजिलोसँग चलचित्रमा समावेश भएकाचलचित्र सजिलोसँग हेर्न सकिन्छ । हाम्रा सामाजिक सञ्जालबाट महोत्सवको साइटको ठेगाना चाँडै नै प्राप्त गर्न सक्नु हुने छ’, डेलिगेसनले जनाएको छ । चलचित्रहरूनिशुल्क हेर्न सकिन्छ ।
दयाहाङ राईले पनिफेस्टिभलसँग जोडिन पाउँदाखुशीलागेको बताएका छन् । उनले महामारीका कारण फिल्मका सार्थक गतिविधि ठप्प भएको समयमा भर्चुअल रुपमै भएपनिहुने फेस्टिभलले फिल्मकर्मीमा उर्जा सञ्चार गर्ने बताए ।

‘महामारीले फिल्मकागतिविधि ठप्प भएको समयमाफिल्म फेस्टिभल हुनु नै सकारात्मक कुरा हो । अझ फेस्टिभलमा नेपालीफिल्मपनि समावेश हुनेरैछन्, यसले झनै उत्साहिततुल्याएको छ,’ उनले भने, ‘ यो फेस्टिभल आफैंमा साँस्कृतिकआदानप्रदान जस्तो हो । यसले हाम्रो फिल्म साक्षरताकालागिपनि महत्वपूर्ण योगदान गर्छ ।’

नेपाल युरोपियनफिल्म फेस्टिभलको यो दसौँ संस्करण हो । फेस्टिभल आउँदो असोज १ देखि ९ गतेसम्म भर्चुअल रुपमाचल्नेछ । योसँगै महोत्सवमा डेलिगेसनले आयोजना गरेको लैङ्गिक समानताबारे लघु चलचित्रप्रतियोगिताको विजेताको घोषणातथाचलचित्रसँग सम्बन्धित महत्वपूर्ण अन्तरक्रिया र गोष्ठिहरू पनि सञ्चालन हुनेछन् ।