अर्जुन कार्की विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल


arjun-karki-flag-handover-everest
(सेलिब्रेटी नेपाल) ६ जेस्ठ-नायक अर्जुन कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।उनले सोमबार बिहान ७:३० बजे शिखरमा पाइला टेकेको आरोहण टोलीका सम्पर्क अधिकृत ओङछु शेर्पाले जानकारी दिनुभयो ।आरोहणपछि उनी अहिले क्याम्प ४ मा फर्किसकेको बताइएको छ । सहयोगीको अनुमति लिएर आरोहीको रुपमा सगरमाथा चढ्न लागेका भनेर विवादमा परेका नायक कार्कीले सहयोगीकै हैसियतमा सगरमाथा चढेका हुन् ।

गत चैत्र ५ गते आरध्यदेव पशुपतिनाथको जल लिएर सगरमाथा यात्रामा निस्किएका अर्जुनले नेपाल चलचित्र कलाकार संघको झन्डा पनि लागेका थिय।
सेभेन समिटद्वारा संयोजन गरिएको सो समूहमा विदेशी नागरिक १४ जना, नेपाली शेर्पा २५ जना र एक जना खेलाडी गरी ४१ जनाको समूहले सगरमाथाको सफल आरोहण गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.