घमेश र कल्पनाको ‘माया गासौंला’ मा शंकर र रिना (भिडियो)



काठमाडौँ। गायक घमेश दुलाल र गायिका कल्पना दुलालको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘चौतारीमा बसौला माया गासौंला’ बोलको गीतमा साजन पराजुलीको शब्द तथा प्रभावन जेको संगीत रहेको छ। काठे भाकामा चर्चित गायक घमेश दुलालको सार्वजनिक गीत एक्सन स्टुडियो नेपालमा रेकर्ड गरिएको हो। शंकर बिसीले निर्देशन गरेको भिडियोलाई दुर्गा पौडेलले छायाँकन तथा नबिन घर्तीले सम्पादन गरेका छन्। भिडियोमा शंकर बिसी र रिना थापा फिचर्ड छन्। भिडियो डिएआर मुभिजको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।