राजु र माण्डवीको तीज गीत ‘लकडाउनले केहि फरक पर्दैन’ (भिडियो)



काठमाडौँ। हिन्दु नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै तीज गीत ‘लकडाउनले केहि फरक पर्दैन’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा राजु परियार र माण्डबी त्रिपाठीको स्वर रहेको छ। गीतमा शब्द संगीत र एरेन्ज भने बिपिन आचार्यको रहेको छ ।

अन्जली अधिकारी ,राजेन्द्र लोहनी ,नेहा नेपाली र रिया राईले अभिनय गरेको भिडियोलाई राम गौतमले निर्दशन गरेका हुन्। गीतको भिडियोलाई रमाइलो तरिकाले देखाइएको छ। राजेन्द्र लोहनीले निर्माण गरेको म्युजिक भिडियोमा रबि कार्कीको कोरियोग्राफी,दिपेन्द्र बस्नेतको छायांकन र सम्पादन छ। भिडियो हाइलाइट नेपालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.