डी पी दाहालको तीज गीतमा अन्जली अधिकारीको छमछमी (भिडियो)



काठमाडौँ। गीतकार डी.पी.दाहाल ‘परिश्रमी’ले हिन्दु नारीहरुको महान चाड तिजको अबसरमा ‘यो तिजमा फिलीली नाचम्ला’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन्। शान्ति श्री परियारको स्वर रहेको गीतमा अन्जली अधिकारीले कम्मर मर्कायकी छन्। साथमा नयन डिसि, रमा थपलिया फिचर्ड छन् ।

माईती र चेलीको संगम तिजमा हुने संगिनी नांच, जोडी गासी सकेका र गास्न बाँकि रहेका चेलीहरुलाई गीतले रमाईलो ढंगले समेटेको छ । सार्वजनिक गीतमा संगीत पूरुषोतम न्यौपानेको छ । भिडियोलाई स्मृती तिमिल्सिीना ‘गूरुआमाले’ निर्देशन गरेकी हुन् । राम शरण उप्रेतीले छायाँकन गरेको भिडियोलाई प्रकाश धमलाले र प्रोडक्सन डिजाइनको कार्य कारण सिंहले गरेका हुन्। यस गीतकी प्रस्तुतकर्ता रिता सिम्खडा दाहाल हुन् । भिडियो डिलाइटेड नेपाल नामक यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।