धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ओहो मुभिजमा



काठमाडौं । प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिजले भोली भदौ ११ गते धुर्मुस सुन्तलीको लेखन तथा निर्देशन र सुदिप बरालको छायाङ्कन रहेको हाँस्य चलचित्र ‘म त मर्छु कि क्या हो’ प्रसारण गर्ने भएको छ ।

प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिज नेपाली सिनेमा पारखीहरूलाई ध्यानमा राखेर डिजाइन गरिएको एक विशेष प्लेटफर्म हो । ओहो मुभिजबाट प्रसारण हुने उक्त चलचित्रमा सीताराम कट्टेल, कुन्जना घिमिरे, बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, प्रमिला खनाल, सुमन कोइराला, सुमन कार्की, शुशिला थापा, बालदिप राई तथा घनश्याम गौतम लगायत कलाकारहरूको अभिनय रहेको छ ।

निर्देशक जोडी धुर्मुस सुन्तलीले ओटीटी ओटीटी प्लेटफर्ममा चलचित्र प्रसारणको घोषणा गर्न पाउँदा उत्साहित र हर्षित भएको बताए । यस प्लेटफर्मबाट दर्शकले जुनसुकै स्थानबाट पनि चलचित्र हेर्न पाउने भएकाले सबैले मन पराउने बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.