अमेजन प्राइममा नेपाली चलचित्र ‘एट्टीन’



काठमाडौँ। निर्माता तथा निर्देशक प्रेम लामाको चलचित्र ‘एट्टीन’ अमेजन प्राइममा रिलिज हुने भएको छ । यो चलचित्रको सम्पूर्ण छायांकन नेपाल र बेलायतमा गरिएको छ । चलचित्रले नेपालमा हुर्किएर बेलायत पुगेको पहिलो पुस्ता र बेलायतमा नै जन्मिएर हुर्किएको दोश्रो पुस्ताविचको अन्तर, मनोविज्ञानलाई प्रस्तुत गरेको छ ।

तारादेवी लामा र पेमा डोल्करको संयुक्त लगानीमा निर्माण भएको यो चलचित्रमा प्रसुना कँडेल, राजदीप राई, अम्बिका राई, सनमकुमार बैराग, रितेश चाम्ससहित बेलायती कलाकारहरु क्रिस एपलटन, राजा मिया, स्टेफनी सान्चेज लगायतको अभिनय छ ।

चलचित्रमा चन्द्रकुमार डोङ र ताराप्रकाश लिम्बुको संगीत, किरणराज थापाको सम्पादन, कुशल श्रेष्ठ, अरोण अशोक कुमार र प्रतिक दुदराजको छायांकन छ । निर्माता तथा निर्देशक लामाले यसअघि ३ वटा चलचित्र बेलायतमा नै निर्माण गरिसकेका छन् ।