‘डाँडाको बरपीपल’ छायाँकन सुरु



काठमाडौं । निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय चलचित्र ‘डाँडाको बरपीपल’ को धादिङको धार्केबाट छायाँकन सुरु भएको छ । दोस्रो लकडाउनका कारण चलचित्रको छायाँकन अगाडि बढ्न सकेको थिएन । चलचित्र धादिंग,काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा खिचिनेछ । कोरोनाको कारण सरकारले भेला, सभा सम्मेलन तथा छायाँकनको अनुमति भने दिई सकेको छैन।

चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, अफ्सना थापा,राजीवजंग बस्नेत, अस्मिता जुरेली,हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहनेछ ।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने अफ्सना थापामा नवराज गिरीको लगानी छ । रामकाजी घिमिरेको लेखन रहने चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया/एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व गोविन्द राई, रामजी लामिछानेको कोरियोग्राफी, नवराज गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ ।

Copyright © 2012 - 2026 | All Right Reserved.