बिन्ती कुमारको ‘चोखो माया’ मा नम्रता र कमल (भिडियो)



काठमाण्डौ। गायक बिन्ती कुमार गुरुङको ‘चोखो माया’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक गुरुङकै शब्द, संगीतमा तयार पारिएको गीतमा उनलाई गयिका अञ्जु पन्तले स्वरमा साथ दिएकी छन् ।

गायक बिन्ती कुमार गुरुङको जन्मदिनको अवसर पारी एक कार्यक्रमका बीच सो भिडियो सार्वजनिक गरिएको हो । गुरुङ समाजमा जन्मिएका गायक बिन्ती कुमार गुरुङ अहिले परदेशमा छन । परदेशमा रहेर पनि नेपाल र नेपाली गीत संगीत अझै भुलेका छैनन, गीत संगीतप्रतिको मोह घटेको छैन ।

रोमान्टिक शैलीको गीतको भिडियोमा नम्रता सापकोटा र कमल सिंह फिचर्ड छन् । ज्यास्मिन कृयशनको प्रस्तुति रहेको भिडियोलाई रायन कार्कीले निर्देशन गरेका हुन् भने कोरियोग्राफी सुरेन्द्र बसेलको रहेको छ । भिडियोमा बुद्ध थापाको छांयाकन, बिष्णु खडकाको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.