विशाल र अस्मिताको ‘विस्तारै विस्तारै’ सार्वजनिक (भिडियो)



काठमाण्डौं । विशाल निरौला र अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘विस्तारै विस्तारै’ बोलको गीतमा विशाल निरौला को शब्द तथा संगीत रहेको छ। भिडियोमा समिर खान र निता ढुङ्गाना फिचर्ड छन् । प्रेमील जोडि बिचको त्रिकोणात्मक प्रेम कथालाई भिडियोमा समेटिएको छ ।

भिडियोमा बुद्ध थापाको छायाँकन , सुप्रिम पराजुलीको सम्पादन तथा शान थापाको निर्देशन रहेको छ । भिडियो विशाल निरौला अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।