एलिनाले ल्याइन तीज गीत ‘तीज आयो’ (भिडियो)



काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज लाई लक्षित गर्दै गायिका एलिना चौहानको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। तीज आयो बोलको गीतमा शब्द इन्दु दनुवारको र संगीत बिकाश चौधरीको रहेको छ। कृष्ण पौडेलको निर्देशनमा बनेको भिडियोमा इन्दु दनुवार,बिष्णु थामी र प्रकाश क्षेत्रि फिचर्ड छन्। सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोमा युवराज खत्रीको सम्पादन रहेको छ। प्रतिभा चाम्लिंगले कोरियोग्राफी गरेको भिडियो गायिका एलिना चौहानको अफिसियल यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।