एलिना, मेलिना,पुष्कर र पवन ‘बदाम छोडाउदै’ (भिडियो)



काठमाडौँ। गायिका मेलिना मैनाली र एलिना चौहानको नयाँ गीत सार्वजनिक भिडियो सार्वजनिक गरिएको छ । ‘बदाम छोडाउदै’ बोलेको गीतमा मेल भोकल पुष्कर सुनुवार र पवन राईको छ । किरण उप्रेतीको शब्द रचना रहेको गीतमा गायक पुष्कर सुनुवारको संगीत तथा उनकै संगीत संयोजन छ ।

गीतको भिडियोमा मेलिना, एलिना, पुष्कर र पवन फिचर्ड छन् । निरेन श्रेष्ठ निर्देशित भिडियो दीपक गिरीले खिचेका हुन् । भिडियोलाई मोहन सुनुवारले सम्पादन गरेका हुन् । भिडियो पुष्कर सुनुवारको आफ्नै यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।