जुनुको तीज गीत ‘तीजको दिन’ सार्वजनिक (भिडियो)



काठमाडौँ। हरितालिका तीज नजिकिँदै जाँदा तीजलाई लक्षित गरेर गायिका जुनु गौतमको स्वर रहेको ‘तीजको दिन’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रकाश शिवाकोटीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई कमल राईले निर्देशन गरेका हुन् । जुनुको स्वर रहेको यो तेस्रो तीज गीत हो । यसअघि उनले सन् २०१७ मा ‘माइतीको आँगनी’ र सन् २०२० मा रातै र ‘पहेँलै तीजका चेली’ तीज गीत गाएकी थिइन् ।

क्लासिक सिने युनिभर्स प्रालिको पोस्टको निर्माणमा बनेको भिडियोलाई शिव ढकालले छायांकन र तारा थापाले सम्पादन गरेका छन् । भिडियोमा मोडल ऋचा थापा फिचर्ड छिन् । जुनुले बेला बेला नेपाली गीत रेकर्ड गरेर सार्वजनिक गर्ने गरेकी छन् उनले आफ्नै एल्बममा मात्रै नभएर विभिन्न कलेक्सन एल्बम, केही चलचित्रका गीतमा समेत स्वर दिईसकेकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.