तक्मे बुढा पपुलर विल्सनले जस पाउलान् त


wilson-nepathya
(सेलिब्रेटी नेपाल) ४ जेष्ठ -बैशाख महिनामा ११ वटा नेपाली चलचित्र रिलिजमा आएका थिए भने यो जेष्ठ महिनामा पनि लगभग १०-११ चलचित्र रिलिज हुने भएका छन्। यो महिना रिलिज हुने चलचित्रमा ‘नेपथ्य’ अहिले सबैको लागि प्रतिक्षा रत बनेको छ। तक्मे बुढा पपुलर विल्सन विक्रम राई वृद्धा देखी बालक सम्मले रुचाइएको अभिनेता हुन् । उनि अभिनित शायद र रिदमले राम्रो व्यापार गर्न सफल भयका थिए। विल्सन अभिनित चलचित्र ‘नेपथ्य’ यही जेठ २४ गतेबाट अल नेपाल रिलिज हुँदैछ।यो चलचित्र सफल हुँदा विल्सनले जश पाउने छन्। विल्सन कै कारणले पनि चलचित्र चल्छ भनि मान्न सकिन्छ भनेर बिस्लेशकहरु भन्न थालेका छन्।

राजाराम दाहालद्धारा निर्देशित ‘नेपथ्य’ ले युवा वर्गको सपनालाई मुख्य बिषय बनाएको छ । विल्सनको साथमा रेम वि.क, मानव सुवेदी, सोना तिमल्सेना,आदित्य बुढाथोकी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। सुस्मा कार्की आइटम गर्लको रुपमा प्रस्तुत भएकी छिन्। सुशन प्रजापतिको सिनेम्याटोग्राफी, बाबु बलामीको द्वन्द एवम गम्भिर विष्टको कोरियोग्राफी रहेको ‘नेपथ्य’ को संगीत कलाकार मानव सुवेदी स्वयमले दिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.