यज्ञ र शान्तीश्रीको गीतमा पुष्प र जिसु (भिडियो)



काठमाडौँ। गायक यज्ञ बिक र गायिका शान्तीश्री परियारको स्वरमा ‘हेर्ने हो र देखाइदिम’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द भने दुई अर्थी दिने खालको छ । गायिकाले ‘हेर्ने हो र देखाइदिम’ भन्दै गर्दा गायकले ‘के’ भनेर प्रश्न सोधेका छन् । यो शब्दलाई लिएर सामाजिक संजाल प्रयोगकर्ताले समेत प्रश्न उठाएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायक गायिकाहरुलाई द्धिअर्थी शब्द प्रयोग गरेर गीत नगाउन आग्रह पनि गर्दै आएको छ । तर, पनि गायक गायिकाले प्रतिष्ठानको आग्रहलाई वेवास्ता गर्दै आएका छन् ।

सार्वजनिक गीतमा राजु सुनामको शब्द तथा संगीत छ । मौसम हिमालिको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको यो गीतको भिडियोमा पुष्प खड्का र जिसु कोइरालाको अभिनय छ । भिडियोमा नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको सम्पादन छ ।

नेपाली लोकसंगीतमा प्रयोग हुने यस्ता शब्दहरुका कारण नै सिंगो संगीत उद्योग विवादित बन्दै आएको छ । केही दिन अगाडि दुर्गेश थापालाई कारबाही गरेको प्रतिष्ठानले यो गीतका सर्जकलाई सचेत गराउँछ या गराउँदैन होला, प्रतिक्षा गर्नैपर्छ ।