‘लभ सर्कल’ डिश होम सिनेमा घरमा रिलिज



काठमाडौँ। कोरोना महामारीका कारण बिगत डेढ बर्षदेखि नेपाली चलचित्र क्षेत्र सुस्ताएको छ। २०७७ साल चैत्र ५ गतेबाट बन्द भएको सिनेमा घर बिचमा केहि महिना खुलेको थियो त्यस पश्चात फेरी दोस्रो चरणको लक डाउनका कारण सिनेमा क्षेत्र ठप्प जस्तै बनेको छ। गत वर्षको लक डाउन पछि विषम परिस्थितिका बाबजुद छायाँकन गरिएको चलचित्र ‘लभ सर्कल’ आज शुक्रबारबाट डिसहोममा रिलिज गरिएको छ। चलचित्र डिश होम सिनेमा घर च्यानल नम्बर ५५५ मा प्रदर्शनमा आएको हो । अब छिट्टै चलचित्र सम्पूर्ण डिजिटल प्लेट फर्ममा पनि प्रदर्शन गरिने निर्माता ओम प्रकाश अग्रवालले जानकारी दिए।

मि टिभीको प्रस्तुति रहेको चलचित्र कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको छ। चलचित्रको निर्देशन बसन्त निरौलाले गरेका हुन्। चलचित्रलाई ओम प्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन्। ।

चलचित्रमा नाजिर हुसेन,मुकुन भुषाल,पवित्रा आचार्य,रबिन्द्र झा,रिस्ता बस्नेत र सुमन कोइरालाको अभिनय रहेको छ। कमेडी च्याम्पियनमा दले दाईको उपनामले चिनिएका सुमन कोइराला यसै चलचित्र मार्फत डेब्यु गर्दैछन्। चलचित्रको केहि दिन अघि ट्रेलर र गीत सार्वजनिक गरिएको थियो।

चलचित्र ‘लभ सर्कल’ मा अंकित बाबु अधिकारीको संगीत,श्रीधर पौडेलको पोस्टर फोटोग्राफी,मुख्य सहायक निर्देशक बिनय पौडेल,लेखन अभिमन्यु निरवी,कलर राजेन्द्र मोक्तान,छायाँकन दिब्य सुबेदी,कोरियोग्राफी पवित्रा आचार्य र सम्पादन शाहील खान र मिलन श्रेष्ठको रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.