दुर्गा र सुनिताको ‘मार्सी चामल’ मा कक्रोच र अञ्जलिको ठुम्का (भिडियो)



काठमाडौँ। गायक दुर्गा पराजुली र गायिका सुनिता थेगिमको स्वरमा रहेको पुर्वेली लोक भाका ‘मार्सी चामल’ को भिडियो सार्वजनिक गरिएको छ। दुर्गा पराजुलीको शब्द तथा संगीत रहेको गीत पुर्बेली भाकामा बनेको छ। सुरेन्द्र बसेलले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा हरिश निरौला ‘कक्रोच’,अन्जली अधिकारी,जुना सुन्दास र सुरेन्द्र बसेल फिचर्ड छन्।

दिनेश पराजुलीले छायाँकन गरेको भिडियोको सम्पादन विकाश धमलाले गरेका छन्। भिडियो डिभाइन म्युजिकको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।