आलिया, प्रियंका र कटरीना को ‘जी ले जरा’


एजेन्सी। बलिउड निर्देशक तथा अभिनेता फरहान अख्तर चाँडै नै दर्शकमाझ नयाँ फिल्म ‘जी ले जरा’ ल्याउदैछन् । अभिनेत्री आलिया भट्टले फिल्मसँग जोडिएको एक प्रोमो भिडियो इन्स्टाग्राममा शेयर गरेकी छन् । सामाजिक सञ्जालमा यो भिडियो निकै भाइरल भइरहेको छ ।

फिल्मको कथा सडक यात्रा र साथीत्वमा आधारित हुनेछ । फिल्ममा प्रियंका चोपडा जोनास, कटरीना कैफ र आलिया भट्ट एकसाथ देखिँदैछन् । यसअघि फरहानले ‘जिन्दगी ना मिलेगी दोबारा’ र ‘दिल चाहता है’ जस्ता साथीत्वसँगको सम्बन्ध बोकेको फिल्म बनाइसकेका छन् ।

‘जी ले जरा’को कथा जोया अख्तरले लेखेकी छन् । यो फिल्म एक्सेल इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुनेछ । यो व्यानरको स्थापना सन् १९९९ मा रितेश सिधवानी र फरहान अख्तरले मिलेर गरेका थिए । फिल्म सन् २०२३ मा रिलिज हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.