शम्भु राई र मेलिनाको ‘सानु’ मा पल र निरञ्जली (भिडियो)



काठमाडौं । चर्चित गायक शम्भु राईको नयाँ म्युजिक भिडियो ‘सानु’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक शम्भुलाई स्वरमा गायिक मेलिना राईले साथ दिएकी छन् । गायक शम्भुकै शब्द र संगीत रहेको गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् ।

भिडियोमा पल शाह र निरञ्जली लामा फिचर्ड छन् । चिठी तिमीलाई,एनी हौ, आँखैमा झलझली जस्ता चर्चित गीत सार्वजनिक गरेका गायक शम्भुका गीतलाई दर्शक र स्रोताले निकै मन पराउने गरेका छन् । थुप्रै सफल गीतका सर्जक शम्भु राईका गीतहरुमा मौलिकता भेटिन्छन। सार्वजनिक गीत सानुमा पल शाहले लुगा सिउनेको भूमिका गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.