विश्व,उमेश र टिकाको ‘इनरुवा बजारमा’ (भिडियो)



काठमाडौँ। गायक विश्व नेपाली र गायिका टीका प्रसाईको आवाजमा रहेको ‘इनरुवा बजारमा’ बोलको गितको भिडियो सार्वजनिक गरिएको छ । उमेश रेग्मीको शब्द र संगीत रहेको गीतलाई राजन इसानले संगीत संयोजन गरेका छन् ।

गितको भिडियो निर्देशन युवराज वाइबाले गरेका हुन भने विराटनगरका युवा निर्देशक लोमस पौडेलले सहायक निर्देशकको रुपमा काम गरेका छन् । भिडियो युटुवमा गोत्र इन्टरटेन्मेन्टबाट रिलिज गरिएको छ । भिडियोमा रिमा विश्वकर्मा तथा मोडल कमल सिंहको अभिनय रहेको छ। आफ्नो जन्म स्थानको प्रचार प्रसारको लागि र आफ्नो मातृभूमि प्रति समर्पित भएर यो गीत निर्माण गरेको रेग्मीले बताए। रेग्मीका यस अघि थुप्रै गीत सार्वजनिक भई सकेका छन्। रेग्मीले दुई महिना पहिले राम कृष्ण ढकालको स्वरमा ‘सुनसरी इनरुवा’ बोलको गीत सार्वजनिक गरेका थिए।

Copyright © 2012 - 2026 | All Right Reserved.