थानेश्वर र शोभाको तीज गीत ‘फुर्के धागो २’ सार्वजनिक (भिडियो)



काठमाडौँ। टिकटक र युट्युबमा भाइरल गीत ‘फुर्के धागो’ को सिक्वेलको रुपमा ‘फुर्के धागो २’ भिडियो सार्वजनिक गरिएको छ। गीतकार प्रभा बर्तौलाको शब्द रहेको यो गितमा शास्त्रीय संगीतमा स्नाकोत्तर गरेका गायक तथा संगीतकार थानेश्वर गौतम र शोभा गौतमको स्वर रहेको छ।

सार्वजनिक गीतमा संगीत गायक गौतमकै रहेको छ। भुवन लामाको निर्देशनमा बनेको भिडियोमा अन्जली अधिकारी र नयन डिसी फिचर्ड छन् । भिडियो जननी नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

Copyright © 2012 - 2026 | All Right Reserved.